सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवारको तुलनामा सुनको मूल्यमा २ सय रुपैयाँ कमि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

आइतवार तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्दै ९४ हजार २ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदी भने गत शुक्रबारको तुलनामा स्थीर रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?