दशैँ नजिकियो, कस्तो छ तरकारीको भाउ ? (सूचीसहित)

काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा तरकारीको भाउ आकाशिएको छ । बजारमा स्कुस मात्र एउटा यस्तो तरकारी रहेको छ जस्को मूल्य १८ रुपैयाँ प्रति केजीमा कारोबार भइरहेको छ । बाँकि सबै तरकारीको मूल्य आम नागरिकले छोइनसक्नु रहेको छ ।

कालिमाटि फलफूल तथा तरकारी विकास र्बोडले आइतबार सार्वजनिक गरेको थोक मूल्य सूची अनुसार रातो आलु प्रति केजि औसतमा ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै गोलभेडा ठूलो(नेपाली) प्रति के.जी. ६२ रुपैयाँ निर्धारण गरिएको छ ।

औसतमा गोलभेडा सानो प्रति के.जी.७० रुपैयाँ, गोलभेडा सानो(टनेल) प्रति के जी ७० रुपैयाँ, आलु रातो प्रति के.जी. ९९ रुपैयाँ, आलु रातो(भारतीय) प्रति के जी ६५ रुपैयाँ, प्याज सुकेको भारतीय प्रति के.जी. ११५ रुपैयाँ, गाजर(लोकल) प्रति के.जी. ११५ रुपैयाँ बन्दा(लोकल) प्रति के.जी.५५ रुपैयाँ, काउली स्थानिय प्रति के.जी. ७८ रुपैयाँ, मूला सेतो (लोकल) प्रति के.जी. ३३ रुपैयाँ, सेतो मूला(हाइब्रीड) प्रति केजी ३३ रुपैयाँ निर्धारण गरिएको छ । ।

त्यस्तै भन्टा लाम्चो प्रति के.जी. ५५ रुपैयाँ, बोडी(तने) प्रति के.जी. ९८ रुपैयाँ, घिउ सिमी(लोकल) प्रति के.जी. ४० रुपैयाँ, घिउ सिमी(हाइब्रीड) प्रति केजी ४५ रुपैयाँ, भटमासकोशा प्रति के.जी. ९८ रुपैयाँ, तितो करेला प्रति के.जी. ५० रुपैयाँ, लौका प्रति के.जी. ४५ रुपैयाँ, परवर(लोकल) प्रति के.जी. ७८ रुपैयाँ, घिरौला प्रति के.जी. ४५ रुपैयाँ तोकेको छ ।

त्यस्तै हरियो फर्सी(डल्लो) प्रति केजी ४० रुपैयाँ, भिण्डी प्रति के.जी.७८ रुपैयाँ, पिंडालू प्रति के.जी. ४८ रुपैयाँ, स्कूस प्रति के.जी. १८ रुपैयाँ, रायो साग प्रति के.जी. ४५ रुपैयाँ, पालूगो साग प्रति के.जी. ५५ रुपैयाँ, चमसूरको साग प्रति के.जी.५५ रुपैयाँ, तोरीको साग प्रति के.जी.४५ रुपैयाँ, प्याज हरियो प्रति के.जी. १४५ रुपैयाँ, च्याउ(कन्य) प्रति के.जी. १३५ रुपैयाँ, च्याउ(डल्ले) प्रति के जी ३९५ रुपैयाँ, न्यूरो प्रति के.जी. ९५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

चुकुन्दर प्रति के.जी. ६५ रुपैयाँ, पुदीना प्रति के.जी. १५५ रुपैयाँ, गान्टे मूला प्रति के.जी. ६५ रुपैयाँ, इमली प्रति के.जी. १३५ रुपैयाँ, तामा प्रति के.जी. ९५ रुपैयाँ, तोफु प्रति के.जी. ९५ रुपैयाँ, गुन्दुक प्रति के.जी. २९५ रुपैयाँ, स्याउ(झोले) प्रति के.जी. १४५ रुपैयाँ, स्याउ(फूजी) प्रति के जी २९५ रुपैयाँ, केरा एक दर्जनको ७५ रुपैयाँ, सुन्तला(भारतीय) प्रति केजी ८५ रुपैयाँ, तरबुजा(हरियो) प्रति के.जी. ७५ रुपैयाँ, मौसम प्रति के.जी. १०५ रुपैयाँ, भुई कटहर प्रति गोटा १०५ रुपैयाँ, काक्रो(लोकल) प्रति के.जी. ४५ रुपैयाँ, काक्रो(हाइब्रीड) प्रति के जी २८ रुपैयाँ, मेवा(भारतीय) प्रति केजी ८५ रुपैयाँ निधारर्ण गरिएको छ ।

यसैगरी लप्सी प्रति के.जी. २८ रुपैयाँ, अदुवा प्रति के.जी. ६५ रुपैयाँ, खु्र्सानी सुकेको प्रति के.जी. ३५५ रुपैयाँ, खु्र्सानी हरियो प्रति के.जी. १९५ रुपैयाँ, खुर्सानी हरियो(माछे) प्रति के जी १९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) प्रति के जी २९५ रुपैयाँ, भेडे खु्र्सानी के.जी. १९५ रुपैयाँ, लसुन हरियो प्रति के.जी. २५५ रुपैयाँ, हरियो धनिया प्रति के.जी. २५५ रुपैयाँ, लसुन सुकेको चाइनिज प्रति के.जी. १६५ रुपैयाँ, लसुन सुकेको नेपाली प्रति के.जी. २३५ रुपैयाँ आइतबारका लागी निर्धारण गरिएको छ ।

कोभिका कारण नेपालमा उत्पादन हुन नसकेकोले भारतबाट धेरै आयात गर्नु पर्दा राजधानीमा तरकारीको मूल्य अकाशियको बताइन्छ तर उपभोक्ता भने चाडपर्वको समयमा विचौलीयाहरुको मनमानीले गर्दा यहि समयलाई लक्षित गरेर तरकारीको मूल्य बढाइएको गुनासो गर्ने गरेका छन् । तर नेपालको बिडम्बना न त यस्को नियमन हुन सकेको छ न त सहि विवरणको तथयाङक सार्वजनिक हुने गरेको छ । तसर्थ सरकाराको विषेश ध्यान कृषक र आम उपभोकता प्रति उत्तरदायी हुन आजको मुख्य आवश्यक्ता रहेको छ ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?