विमान दुर्घटनाका दुई घाइते घर फर्किए

काठमाडौँ, ४ चैत – त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आज घर फर्किएका छन् ।काठमाडौँ कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आज घर फर्केका हुन् ।अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर फर्कन लागेका दुवैजनालाई खादा लगाएर सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । दुर्घटनापछि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकामध्ये काठमाडौँको वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार भइरहेको छ ।गत सोमबार युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?