काठमाडौं । नेपाली बजारमा सोमवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ । आइतबार पनि सोहि दरमा डलरको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ १८ पैसा र विक्रिदर १३७ रुपैयाँ ८९ पैसा तोकेको छ ।
त्यस्तै आइतवार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ १२ पैसा र विक्रिदर १३७ रुपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।
सोमवार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १५१ रुपैयाँ १८ पैसा र विक्रिदर १५१ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । आइतवार १ पाउन्डको खरिददर १५१ रुपैयाँ ५६ पैसा र विक्रिदर १५२ रुपैयाँ ३३ पैसा रहेको थियो ।
नेपाली मुद्रा बजरको सबैभन्दा महङो मुद्र कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५८ पैसा र विक्रिदर ३८४ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ ३७ पैसा र विक्रिदर ३११ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया