गगन अयडी धनगढी, ५ चैत– प्रदेश नम्बर ७ को रिफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा विगतदेखि नै स्रोत साधान तथा जनशक्ति अभाव कायमै छ ।जसले गर्दा पर्याप्त सेवा सुविधा उपलब्ध हुन सकिरहेका छैनन् ।प्रदेश तथा स्थानीय सरकार गठन भइसकेपछि जनप्रतिनिधिहरुले पनि अस्पतालको अनुगमन गर्ने गरेका भएपनि सेवा सुविधाका लागि भने खासै पहल हुन सकेको छैन । जसले गर्दा अस्पतालको अवस्था जहाँको त्यही छ ।अस्पतालमा जनशक्ति, भौतिक संरचना, आवश्यक उपकरण र चिकित्सकको अभावका कारण विरामीले उपचार पाउन निकै सास्ती भोग्नुपरेको छ ।प्रदेशको एकमात्रै रिफरल अस्पतालका रुपमा रहेको अस्पताल जीर्ण र अस्तब्यस्त भएपछि जनगुनासो पटक पटक आउछ तर समाधानको उपायाका बारेमा कसैले प्रयास गरेको नगरेको नगरबासीको गुनासो छ ।त्यस्तै, भएका स्रोत साधानको पनि सही सदुपयोग हुन सकिरहेको छैन । विरामी सहित अस्पताल पुगेका सर्वसाधारणले अस्पतालमा आएपछि उपचार पाउने प्रकृयाका बिषयमा जानकारी पाउनै कठिन छ । अञ्चल अस्पतालमा थोरै समय देखिने डाक्टरहरु अधिकांस समय निजिक्लीनिकमै व्यस्थ रहेको गुनासो नौलो हैन ।अस्पतालमा उपलब्ध स्रोत साधानको उपभोग गर्दै आफ्नो समयमा चिकित्सकहरुले काम गर्नुपर्ने कैलाली जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापाले बताए ।हेर्दै डरलाग्दो ४६ बर्ष अघि निर्माण भएको अस्पतालको पुरानो जीर्ण भवनमा सुत्केरी सेवा संचालनमा रहेको छ । त्यतिकै फोहोर रहेको भवनमा दिउसै उज्यालो बाल्नुपर्ने अवस्था छ ।२०६० सालमा निर्माण भएको अर्को भवन पनि व्यवस्थित हुन सकेको छैन् । स्वीकृत ५० वेड र अस्पताल विकास समितिले थप गरेको ७५ वेड सहित १ सय २५ शैयाको सेती अञ्चल अस्पताल सञ्चालनमा छ । अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष्ँ रिता भण्डारी बमले पनि अस्पतालले गुणस्तीय सेवा दिन नसकेको स्वीकार गरिन् ।अहिले अस्पतालमा २८ जनाको दरवन्दी मध्य १५ जना मात्रै हाजिर रहेका छन् । चिकित्सा परिचालन अन्तरगतका १० जना डाक्टर रहेका छन् । अब जनप्रतिनिधिहरुले अस्पतालमा अनुगमन गर्नुमात्रै भन्दा पनि देखिएका समस्या समाधानका लागि पहल गर्न पनि जरुरी छ ।मासिक २४ लाख ५० हजार सटर भाडा उठाउ“दै आएको सेती अञ्चल अस्पताले मुख्य सडक विस्तारका क्रममा सटर फुट्ने भएपछि कर्मचारीलाई तलब खुवाउन समस्या हुने बताएको छ ।मुख्य सडक विस्तारका क्रममा १८ वटा सटर भत्किने भएपछि अस्पतालका कर्मचारीलाई तलब खुवाउन समस्या हुने भएको अस्पताल ब्यवस्थापन समितीकी अध्यक्ष रिता भण्डारीले बताइन् ।सेती अञ्चल अस्पतालले १ सय ७५ जना कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाउ“दै आएको छ । कर्मचारीलाई तलब खुवाउँन समस्या हुने देखिपछि सेती अञ्चल अस्पतालले सटरको विकल्पमा अक्सिजन पलान्ट खोल्ने तयारी पनि अगाडी बढाएको अध्यक्ष भण्डारीले बताइन् ।उनले प्रदेश नम्बर ७ मा कतै पनि अक्सिजन पलान्ट नभएका कारण अन्य अस्पताललाई समेत अक्सिजन बेचेर आर्थिक स्रोत जुटाउन सकिने बताइन् ।अक्सिजन पलान्ट सञ्चालनका लागी २ करोड रुपैया खर्च लाग्ने भएका कारण त्यसको तयारीमा अस्पताल प्रशासन जुटेको छ ।सेती अञ्चल अस्पतालमा अहिले करार तथा स्थायी गरी तीन सय कर्मचारी कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया