ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टरमा छापा, अनुगमन टोली र पत्रकारमाथि दुर्व्यवहार

एसपी यादव सर्लाही चैत ५ – सर्लाहीको मलंगवा ८ मा रहेको ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टर प्रा. लि. का डाक्टर राकेश सिंहले अनुगमनमा आएका जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी लगायत अनुगमन टोलीसित गएका पत्रकारहरु माथी दुर्व्यवहार गरेका छन् ।अनुगमनमा डा. सिंहको अस्पताल पुगेका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रंजित कुमार साह र जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत शंकर प्रसाद देवले कागजात हेर्न मागेपछि डा. सिंह आफुहरुमाथि कडा रुपमा प्रस्तुत भएको बताए । अनुगमन टोलीमाथि कडा रुपमा प्रस्तुत नहुन भने पछि डा. सिंहले अनुगमन टोलीलाई फूलमाला लगाएर आरती देखाउँ की भन्न समेत भ्याएका थिए ।अनुगमनका क्रममा रिसर्च सेन्टर स्थापाना गर्नका लागि चाहिने भौतिक पूर्वाधार पूरा नभएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रंजित कुमार साहले बताए । अरुको नाममा रहेको फार्मेसी समेत डा. सिंहले कर्मचारी राखेर संचालन गराएको बताउदै साहले भने – अस्पताल साफा सुग्घर हुनु पर्ने हो, तर त्यस्तो नदेखिएको बताए । औषधीका बोतल र स्लाईन पानीका बोतलहरु पनि चर्पीको अगाडी त्यतीकै राखिएको पाइयो । यसरी खुल्ला रुपमा औषधी तथा सलाइन पानीका बोतलहरु राख्दा चेक गराउन आएका बिरामी र तिनका कुरुवाहरु झन बिरामी पर्ने खतरा रहेको साहको जानकारी गराए ।लोकतन्त्र दैनिक पत्रिकामा छापिएको सामाचारको विषयमा बुझ्न रिसर्च सेन्टरमा पुग्दा लोकतन्त्र पत्रिकाका प्रबन्ध निर्देशक, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष तथा रिपोर्टस क्लबका प्रदेश नंं २ का अध्यक्ष समेत रहेका बख्तियार अलीलाई डा. सिंहले दुव्र्यवहार गरेका छन् । लोकतन्त्र पत्रिकामा छापेको विषयमा रिसर्च सेन्टरमा पत्रकार अलि पुग्दा कोठामा थुन्न समेत आफ्ना कर्मचारीलाई भनेका थिए । एक्लै डा. सिंहसंग भेट गर्न पुगेका पत्रकार अलिलाई टेबलमा राखेको ब्लड प्रेसर नाप्ने यन्त्रले हिर्काउन समेत खोजेका थिए ।आफु एक्लै रिसर्च सेन्टरमा पुग्दा सामाचार लेख्ने पत्रकार यही हो भन्दै आफ्नो कर्मचारीलाई समातेर थुन्न भनेको पत्रकार अलिले बताए ।अनुगमनको रिर्पोटिङ्ग गर्न जिल्ला प्रशासन कार्यालयले आफुहरुलाई बोलाउँदा रिसर्च सेन्टरमा आफुहरु पुगेको हिन्दु पोस्ट साप्ताहिक पत्रीकाका सम्पादक बिध्यानन्द रायले बताए । पत्रकार रायका अनुसार – आफुहरु अस्पताल पुग्दा ‘तिमिहरु बाहिर निस्क, तिमिहरु मेरो रिर्सच सेन्टरमा किन आएको ?’ भन्दै दुर्व्यवहार गरेको रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?