मंगलवार डलर, यूरो, पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाली बजारमा मंगलवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रिदर ११७ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ । सोमवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको थियो ।

राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३९ पैसा तोकेको छ । त्यस्तै सोमवार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ १८ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८९ पैसामा कारोबार भएको थियो ।

मंगलवार यू.के पाउन्ड स्टर्लिङ १ को खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रिदर १५३ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ । सोमवार १ पाउण्डको खरिददर १५१ रुपैयाँ १८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ९५ पैसा रहेको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मानिने मुद्रा कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ८० पैसा र बिक्रिदर ३८४ रुपैयाँ ७७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ ५८ पैसा र विक्रिदर ३१२ रुपैयाँ १७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?