काठमाडौं । गभर्नर महा प्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समुहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएका छन् ।
गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक बैठकमा सहभागिता जनाएका हुन् । उक्त, बैठकमा नेपालको अर्थतन्त्र र वित्तिय क्षेत्रमा परेको असर एवं त्यसको न्यूनीकरण निम्ति अवलम्बन गरिएका नितिगत व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।
विभिन्न बैठकका क्रममा द्धिपक्षीय हित प्रवर्द्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरु, कोभिड १९ का कारण नेपालको वित्तिय क्षेत्रमा परेको असर र त्यसको न्यूनीकरणका निम्ती लिइएका नीतीगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकका क्रममा एसिया प्यासिफिक डिपार्टमेण्टले रिजनल इकोनोमिक आउटलुक सार्वजनिक समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया