काठमाडौं । उमेर पुगेका महिला वा पुरुषमा विपरित लिङ्गीप्रतिको आकर्षण हुनु सामान्य विषय मानिन्छ । तर सबै व्यक्तिमा समान ढंगको विपरित लिङ्गीप्रतिको आकर्षण हुँदैन ।
कतिपय व्यक्तिमा यो आकर्षण सामान्य हुन्छ भने कसैलाई यो आकर्षण ज्यादा नै हुन्छ, जसको कारणले समाजमा विभिन्न यौनजन्य घटना पनि भईरहेका हुन्छन् ।
विपरित लिङ्गीप्रति आकर्षण बढी मात्रामा हुने पुरुषहरु र महिलाहरु आफ्नो पार्र्टनरसँग मात्र सन्तुष्ट हुदैनन् र उनिहरुको बाहिर अन्य व्यक्तिसँग पनि सम्बन्ध हुन्छ जुन सम्बन्ध कहिलेकाही बाहिर समाजमा आउनाले उनिहरुले कानूनी कारवाही भोग्नु पर्ने हुन्छ ।
चिना वा कुण्डलीमा मानिसको कामुक हुन के कस्ता योग बनेका हुन्छन आज हामी यसैको बारेमा जानकारी दिनेछौँ ।
शुक्रलाई माया प्रेम तथा सौन्दर्ययको कारक ग्रह मानिन्छ र पहिला वा पुरुषको कुण्डलीमा शुक्र ग्रह स्वगृह वा उच्च छ भने मानिसको जिउडाल वा उसको व्यक्तित्व आकर्षक स्वभावको हुन्छ र मानिसको फेस आकर्षक वा कामुक देखिन्छ । यस्ता व्यक्तिहरुमा राम्रै लाउने प्रर्ने, मिठो खानु प्रर्ने वा विलासी स्वाभावका हुन्छन् ।
त्यसैगरी कुनै व्यक्तिको कुण्डलीमा चन्द्रमा बसेको स्थानमा भन्दा अघिल्लो घरमा शुक्र बसेको छ भने सुनफा योग हुनेछ ।
यस्ता व्यक्ति चतुर हुने र भौतिक सुख सुविधा जुटाउन सक्ने हुन्छन् । यिनीहरुमा यौन चाहाना पनि अत्याधिक हुन्छ ।
जुन व्यक्तिको कुण्डलीमा शनि र शुक्र एकसाथ एक घरमा हुन्छन् उनीहरुको घरभन्दा बाहिर पनि सम्बन्ध हुने हुनाले उनीहरुको वैवाहिक जीवनमा कलह हुने सम्भावना बढी हुन्छ ।
जुन व्याक्तिको कुण्डलीको सातौँ भावमा धेरै ग्रहहरु छने भने पनि मानिस कामुक हुन्छन् ।
कुनै पनि व्यक्तिको शुक्र उच्च छ र शुक्रसँग चन्द्रमा सँगै भए कामुक हुन्छन् ।
शुक्रलाई विर्यको कारक ग्रह मानिन्छ र मानिसको कुण्डलीमा शुक्र उच्च वा स्वगृह छ र शुक्रलाई राहु,केतु,शनि र मंगलजस्ता पापी वा क्रुर ग्रहहरुले हेरीरहेको वा शुक्र पिडीत भए मानिस कामुक हुन्छ र उनिहरुको सम्बन्ध बाहिर आउँछ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया