एन आई सी एशिया लघुवित्तको संचालक र सिईओ नियुक्त

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा विभोर कुमार अग्रवालू नियुक्त भएका छन् । संस्थाको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।

संचालक अग्रवालले कार्तिक ४ गते मंगलवार कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका छन् । नयाँ संचालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास लिएको संस्थाले जनाएको छ ।

त्यसैगरि मंगलवारबाट लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बंैकहरुको व्यवस्थापकिय पदमा कार्यरत थिए ।

१६ वर्ष अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे मिति २०६५÷१२÷०३ मा एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गर्दै आएका छन् ।

चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । भने चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास लिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?