बढ्दो खर्चले हैरान त हुनुहुन्न ? आजैबाट अपनाउनुस् यी ५ उपाय !

काठमाडौं । धेरैजसो मानिस पैसा बचाउन सकिएन भने हैरान हुने गर्दछन् । उनीहरुलाई आवश्यक र अनावश्यक खर्चको बारेमा पनि थाहा हुँदैन । तर आज हामी तपाईलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

१.खर्च गर्नु भन्दा पहिला बचत गर्नुहोस्

धेरै मानिसहरु आफ्नो हरेक महिनाको स्यालरी खर्चको पैसा निकालेर बाँकि पैसा बचत गर्दछन् । तर तपाई साँच्चिकै बचत गर्न चाहानुहुन्छ भने तरिका परिवर्तन गर्नुहोस् । आम्दानीबाट जति बचत सम्भव छ त्यो गरेर बाँकीबाट खर्च गर्ने गर्नुहोस् ।

२.बजेट बनाएर खर्च गर्नुहोस्

आफ्नो स्यालरीको अनुसार तपाईले बजेट बनाउन सक्नुहुनेछ । औषधि, अआत्कालीन, खाना आदि कुरामा पैसाको बजेट छुट्याउनुहो् । र पत्ता लगाउनुहोस् कि, कहाँ अनावश्यक खर्च भईरहेको छ ।

३.आवश्यक र ईच्छामा फरक सोच बनाउनुहोस्

धेरैजसो मानिसहरु घुम्नलाई धेरै मन पराउँछन् । र जे मन लाग्यो त्यो किन्छन् । त्यसैले आफ्नो आवश्यकता र इच्छामा फरक छुट्याउन सिक्नुहोस् ।

४. क्रेडिट कार्डको प्रयोग कम गरौँ

आज भोलि धेरै मानिसहरु प्लास्टिक मनिबाट बिनबेच गर्दछन् । यो कार्डको चक्करमा धेरैजसोले यस्ता पनि कुराहरु किन्छन्, जो उनीहरुलाई आवश्यक नै छैन् ।त्यसैले यस्ता कुरामा ध्या दिनुहोस् ।

५. सानो रकमबाट बचाउन सिक्नुहोस्

केहि आवश्यक बाहे आफ्नो सबै स्यालरी बचाउने बारेमा सोच्नुहोस् । सानो रकमले नै एकदिन ठूलो रकम जम्मा हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?