गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया