गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमणबाट थप चार जनाको मृत्यु
निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतवार राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया