काठमाडौं । हरेक कोहिको पनि फरक इच्छा हुन्छ । कोहि घुम्न मन पराउँछन् भने कोहि एकान्तमा बस्न ।
आज हामी तपाईलाई एउटा यस्तै इच्छाको बारेमा जानकारी दिदैछौँ, जुन सुनेर तपाई पनि हैरान बन्नुहुनेछ ।
लण्डनमा बस्ने एक युवतीले १६ वटा डरलाग्दा अजिङ्गर आफ्नो घरमा पालेकी छन् । ति अजिङ्गरले उनलाई धेरै पटक आक्रमण गरिसकेको छ ।
यी खतरनाक सर्प पाल्ने युवती अहिले सारा विश्वमा चर्चामा छिन् । २१ वर्षीया उक्त युवतीको नाम वेटनरी रहेको छ ।
उनले १४ वर्षको उमेरबाट आफ्नो घरमा अजिङ्गर पाल्न थालेकी थिइन् । उनले अजिङ्गरलाई खानाको रुपमा खरायो, मुसा र चिकेन दिने गरेकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया