छापा मार्न गएका पुलिसमाथि कुखुराको आक्रमण, पुलिस अधिकारीको मृत्यु !

काठमाडौं । पुलिसकर्मीहरु दिनरात ड्यूटी गर्दछन्, र त हामी आरामले बस्न सक्छौँ । केहि पटक अपराधी समात्न गएका पुलिसकर्मीहरुले आफ्नो ज्यानको जोखिम मोलेर अपराधी समात्न जानुपर्छ ।

Police Officer Gets Killed By Rooster During Cockfight Raid

हालै मात्र एउटा अनौठो घटना आएको छ । जसमा पुलिस अधिकारीकै ज्यान गएको छ । यो घटना फिलिपिन्सको रहेको छ ।

Police officer raiding illegal cockfight gets killed by rooster - BBC News

मनीलामा कुखुराको अवैध लडाईमा पुलिसको टीम छापा मार्न गएको थियो । त्यो बेला एक कुखुरामाथि उनीहरुले आक्रमण गरेका थिए । जसमा कुखुराले नै पुलिस अधिकारीमाथि प्रहार गर्यो ।

जसका कारण पुलिस अधिकारी गम्भीर घाईते भए । त्यसपछि उनको मृत्यु भयो ।

police officer

नोर्दन समरका पुलिस प्रमुख कर्नल अर्नेज अपुडले एक बयान जारी गरेर यसको बारेमा जानकारी दिएका हुन् ।

Fighting rooster kills police officer in Philippines

कुखुराको आक्रमणबाट पुलिस अधिकारी लेफ्टिनेन्ट क्रिश्चियन बोलोकको निधन भएको हो । कुखुराको खुट्टामा ब्लेड लगाइएको पछि अनुसन्धानका क्रममा पाइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?