काठमाडौं ।
१. बदाम
केटी के गर्दैछौ ?
केटा बदाम खाँदै छु ।
केटी ओहो एक्लै एक्लै ?
केटा अब १० रुपैयाँको बदाम पनि भण्डारा गर्नु त ?
२. कस्टमर केयर
एक महिलाले कस्टमर केयरमा फोन गरेर रिसाउँदै भनिन्, तीन घण्टा यता तपाईको कम्पनीको इन्टरनेट चलेको छैन, भन्नुस् म के गरौँ ?
कस्टमर केयर बिहिनी त्यो बेलासम्म घरको केहि काम गर न ।
३. सुन्दर कन्या
एक रिसर्चका अनुसार जुन विवाहमा राम्री राम्री कन्या धेरै आउँछन्, त्यो विवाहमा खानेकुराको खपत कम हुन्छ ।
४. परीक्षा कक्ष
अध्यापक कुनै त्यस्तो एउटा स्थानको नाम भन, जहाँ धेरै मानिस भएपनि एक्लो महशुस हुन्छ ।
छात्र परीक्षा कक्ष ।
५. खटारो
जमीन्दारले नातेदारहरु आएको बेला धाक लाउँदै भन्यो,म जब बिहान सबेरै उठेर आफ्नो कारमा आफ्नो जमीन हेर्न जान्छु र बेलुकासम्म पनि हेरेर भ्याउँदिन ।
नातेदार तपाई साँच्चै ठीक भन्दै हुनुहुन्छ, ३ वर्ष पहिला हाम्रो घरमा पनि एउटा त्यस्तै खटारो कार थियो, बल्ल बल्ल बेचेका थियौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया