काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण शुरु गरेको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीवारबाट प्रशिक्षण शुरु गरेको हो ।
पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह २ बजे शुरु भएको थियो । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिईसकेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा जे देखियो :
तस्वीर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया