प्रेरक कथा : लगातारको असफलतामा के गर्ने ?

काठमाडौं । कहिले काँही मानिसहरुले लगातार मिहेनत गरेपनि असफलता नै हात लाग्छ ।

यस्तो स्थितीमा हामीले धैर्य बनाइराख्न आवश्यक रहन्छ । धैर्यका साथै हामीले आफ्नो लक्ष्यलाई पनि बिस्तारै अगाडि लिएर जानुपर्छ । सहि दिशामा अगाडि बढेमा ढिलै भएपनि सफलता हात लाग्छ । यसै सम्बन्धमा एक लोक कथा प्रचलित छ ।

प्रचलित कथाका अनुसार एक व्यक्ति धेरै मिहेनत गर्दथे । तर उनले जति मिहेनत गरे पनि असफलता बाहेक अरु हात लागेन ।

जसका कारण उनी उदास भए । त्यसपछि एक दिन उनी एक विद्वान सन्तकोमा गए र आफ्नो समस्या बताए । त्यसपछि सन्तले उनलाई आफ्नो धैयर्तालाई बनाइराख्न सुझाए । त्यसपछि सन्तले उनलाई एउटा कथा सुनाए ।

सन्तले भने, पहिला एक बालक एउटा बिरुवा रोपेर त्यसमा फल फलाउने प्रयासमा लागेका थिए । तर उनले जति प्रयास गरेपनि असफलता नै हात लाग्यो । तर पनि उनले हिम्मत हारेनन् र वृक्षको मलजल गरिरहे । तर पनि बाँस उस्तै थियो ।

त्यसपछि केहि समयमा बाँसको बिरुवा केहि ठूलो भयो । बालक पनि खुशी भए । त्यसपछि बच्चाले कहिलेकाँही केहि ढिला भएपनि धैयर्ता नगुमाए राम्रो हुनेकुरा सिके ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?