काठमाडौं । तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मनाइँदैछ ।
दोस्रो दिन मनाइने कुकुर तिहारमा सबैभन्दा इमान्दार प्राणी कुकुरलाई पूजा गर्ने चलन छ ।
वर्षभरि हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादारी हुने गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ । साथै नरक चतुर्दशी पनि भनिन्छ ।
जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।
कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।
कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मनाउँछौ ।
दशैँको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमध्ये दोस्रो ठूलो पर्व तिहार उमंगको पर्व हो ।
यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । यसलाई नै यमपञ्चक पनि भनिन्छ ।
यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ ।
हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । छिमेकी मूलुक भारतमा पनि यो पर्व धुमधामका साथ मनाईन्छ । (file:photo)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया