बढ्यो तिहारको भीडभाड : लुटिएला गहना, यसरी हुनुहोस् सावधान

काठमाडौँ । दशैँ सकिएलगत्तै उज्यालो पर्व तिहारको चहलपहल बढेको छ । तिहारको चहलपहल बढेसँगै हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । पछिल्ला चाडवाडको समयहरुलाई नियाल्ने हो भने चाडवाडको समयमा लुटपाट चोरी डकैती जस्ता आपराधीक गतिविधि बढ्ने गरेको पाईन्छ ।

हामीले गहना लुटपाट चोरीको समचार सुनिरहेका हुन्छौ तर आफू पनि पाकेटमार र लुटेराको ‘टार्गेट’ मा परीएला भनेर उतिसारो सचेत भएर सर्तकतका साथ हिँडेको पाईदैन । चाडवाडमा चोरीको बिगबिगी बढेको पाईन्छ । हुलमुलमा गहनाको प्रयोग नगर्नु नै उचित हुन्छ । चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाडमा,हुलमुलमा गहनाको प्रयोग नगरौँ। चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाडमा, हुलमुलमा गहनाको प्रयोग नगर्दा राम्रो हुन्छ ।

पाकेटमार र लुटेराबाट सुरक्षित रहने उपायहरु : 

– बढी पैसा वा गहना लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । बढी पैसा लिएर वा गहना सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।

– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो ‘पर्स’/थैली /ब्याग र गरगहना आदिको विशेष ख्याल राख्नुहोस् ।

– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।

– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

यसपटक कोरोनाको महामारी भयावह रुपमा बढीरहेको छ । त्यसैले कोरोना जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?