काठमाडौं । हरेक चिज लिमिटमा भएमात्रै राम्रो देखिन्छ । अति भयो भने क्षति हुन्छ नै । यदि आवश्यक भदा धेरै खाना खाएमा विष बन्न सक्छ ।
सूर्यको प्रकाश हाम्रो शरीरका लागि धेरै फाइदाजनक छ । यसले हामीलाई विभिन्न रोगबाट मुक्ति दिलाउँछ । तर एउटा गाउँ यस्तो पनि छ, जहाँ मानिसहरु घाममा निस्किन डराउँछन् । यदि मानिस त्यहाँ घाममा निस्किए मात्रै पनि उनीहरुको छाला जल्छ ।
यो गाउँ ब्राजिलको साओपाओलोमा रहेको छ । हामी सबैलाई थाहा छ कि, सूर्यबाट पृथ्वीको दूरी करिव १४ करोड ९६ लाख किलोमिटर अर्थात् ९ करोड २९ लाख ६० हजार मील दूरीमा छ ।
भनिन्छ कि, प्रकाशको गतिका अनुसार सूर्यको प्रकाश धर्तीमा आउन ८ मिनेट एवं १६.६ सेकेण्डको समय लाग्छ । तर अरारस गाउँमा मानिसका लागि यस्तो मानिदैन ।
त्यहाँ दिनमा मानिस घरबाट निस्किन डराउँछन् । त्यहाँ सूर्यको किरण धर्तीमा आएलगत्तै मानिसको शरीर जल्न थाल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया