ग्लोकल टीन हीरो मार्फत किशोर किशोरीहरूका लागि छात्रवृत्ति को अवसर

काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, हो ।

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो ।

यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
ग्लोकलले देशभरका किशोरकिशोरीहरूबाट अधिख संख्यामा आवेदनहरू प्राप्त गरिरहेका छ र उनिहरुले नबिनतम कार्यहरुमा प्रभावकारी सोच लिएर समाज तथा राष्ट्रको हितका लागि अग्रसर देख्दा ग्लोकल हर्सित रहेको कुरा आयोजकले बताएका छन् ।

आवेदन प्राप्त पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेजको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

किशोर किशोरीहरुलाई आउँदो दिनमा उनीहरूको शिक्षा सपनाहरुमा बाँच्न एक निश्चित प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ र उनीहरूको विकास समृद्धि गर्न प्रशस्त अवसरहरू प्रदान गर्ने पनि कार्यक्रम को मुख्य उद्देस्य रहेको कुरा आयोजकले बताएका छन ।

ग्लोकल प्रा. ली. का कार्यकारी निर्देशक आशिष ठाकुरका अनुसार “ शैक्षिक क्षेत्रमामात्र अब्बल नभएर सामाजिक रुपान्तरन एवम प्रभाबकारी काम गर्ने किशोरकिशोरीहरु ग्लोकल टीन हिरोमा अवेदन दिन योग्य रहन्छन । यद्यपि हामी उनीहरूको शैक्षिक यात्रालाई अधिक व्यावहारिक र सीपमूलक बनाउन छात्रवृत्ति प्रदान गर्ने कुरामा साकारात्मक छौ ।”

ग्लोकल टीन हीरोको पाँच बर्षको अन्तरालमा धेरै किशोरकिशोरीहरू यस कार्यक्रमको हिस्सा बनेका छन् र उनीहरूले प्राप्त गरेका सीपहरूको उपयोग गरेर विभिन्न अभियानहरू, परियोजनाहरू सहित समाज र देशमा ठूलो प्रभाव सिर्जना गर्न स्थायी रूपमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?