भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरावणेलाई आज नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिँदैछ ।

आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई नेपाली सेनाको मनार्थ महारथीको पदवीबाट सम्मान गर्नेछिन् ।

मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?