काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थालेको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण शुरु गरेका हुन् ।
टिमका प्रशिक्षण नेपालले समय अनुसार साढे १०:३० बजेबाट प्रशिक्षण शुरु भएको हो । नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।
तस्वीर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया