ग्याष्ट्रिकको समस्या छ ? बिहानैदेखि अपनाउनुपर्छ सावधानी !

काठमाडौं । तपाईलाई ग्याष्ट्रिकको समस्या छ ? या परिवारका सदस्य यस समस्या झेलिरहनुपरेको छ ?

एउटा लोकोक्ति जस्तै बनिसकेको छ “हरेक नेपालीलाई ग्याष्ट्रिक छ ।”

चिकित्सककले सामान्य भाषामा भनेका छन्, ‘खानपान गर्ने तरिका नमिल्दा अधिकांशमा ग्याष्ट्रिकको समस्याले सताउने गर्छ ।’

ग्याष्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु र शरीरमा अरु समस्या निकाल्नु भन्ने हुन्छ ।

यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, पेटमा दुखेको जस्तो हुने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

देखिन्छन् यस्ता लक्षण  : 

  •  पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने ।
  •   वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउनु, वान्तामा रगत देखिने
  •    कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने
  •   छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने।
  •   पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्ने
  •   बिहान बिहान वाक्वाकि लाग्ने ।
  •    मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने ।
  •     रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु आदि ग्यास्ट्रिकका लक्षण हुन् ।

त्यसैले ग्याष्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । यदि तपाइलाई पनि ग्याष्ट्रिकको समस्या छ भने भुलेर पनि केहि खानेकुरा खानुहुँदैन ।

ग्याष्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई गोलभेडाले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । झनै पेट दुख्छ ।

कसै-कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै नखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्याष्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन-टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्याधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ ९चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स०, प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु ९ससेज, ह्याम०, ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

ग्याष्ट्रिक निको पार्ने घरेलु उपचार विधि थाहा छ यसरी गर्नुहोस् घरैमा उपचार

हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्याष्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्याष्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ । ग्याष्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्याष्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्याष्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्याष्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु अपनाउन सकिन्छ।

१. प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ ।

 

२. लसुन पानीको प्रयोग : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरुलाई फाईदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

३. खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ

४. कागती पानीको प्रयोग : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन

५. कार्बोहाइड्रेड कम खाने : पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ

६. दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

के बार्ने त ?

ग्याष्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्याष्ट्रिक हुने गर्छ । ग्याष्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ । तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्याष्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।

ग्याष्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ ।

पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्याष्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्याष्ट्रिकबाट बचाउन सक्छ ।

यस्तै समयमा खाना खाना खाने हो भने ग्याष्ट्रिकबाट बच्न सकिन्छ ।

यदि ग्याष्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्याधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन । एजेन्सी

यो पनि पढ्नुहोस्
ब्रेकफास्टमा के खाने ? चिनियाँबाट खान सिक्ने कि ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?