नितम्ब बढाउने फेसन, ‘ज्यान जान सक्छ’ भन्दाभन्दै किन मरिहत्ते गर्छन् महिला ?

काठमाडौं – किम कार्दाशियन, केइली जेनर हुन् वा कार्डी बी । यी सेलिब्रेटीले आफ्ना कलामार्फत् दर्शकको मन मात्रै जितेका छैनन् । छिनेको कम्मरमा चटक्कै देखिनेगरी बढाएका बडेमानका
नितम्बले पनि लोभ्याईरहेका छन् ।

किम कार्दाशियन की इतनी हॉट फोटो अब तक नहीं देखी होगी आपने, इंटरनेट पर लगा  रही आग

मॉडल केइली जेनर की डॉल अवतार वाली तस्वीरें देखने के बाद आपके सपने में भी हर  रात नजर आयेगी ये मॉडल! - Nutty Feed

रैपर कार्डी बी ने खोले सेक्स से जुड़े कई राज, इस तरीके से से सेक्स करना है  पसंद - Fir Postयी र यीनिहरुजस्तै सेलिब्रेटीको ‘फलो’ गर्दै युवतिहरु विभिन्न सामाजिक सञ्जालल र ग्रुपमा सेयर गरिरहेका हुन्छन् – यसको सर्जरीका विषयमा ।
नेपालबाटै सञ्चालन हुने महिलाहरुको एक ग्रुपमा पनि करिब एक साताअघि नितम्बको आकार ठूलो कसरी बन्छ भन्दै सोधीएको पोष्टमा अर्की फेसबुक प्रयोगकर्ताले प्रश्न गरेकी थिईन्, ‘केटी हो यो ‘बट’ बन्छ चाहिँ कसरी ?

यो फेसनबाट पश्चिमा मात्रै होईन नेपाली युवतिहरु पनि जानकार छन् र तिनले चासो देखाएको बुझ्न सकिन्छ ।
यो फेसनको दुनियाँ पनि अनौठो छ । ईन्टरनेटले जोडिदिएको सामाजिक सञ्जालको यो दुनियाँमा मानिस कहिले के गर्छ रुचाउँछ त कहिले के । अहिलेका पुस्तालाई ‘सिर्फ ट्रेण्ड’ को हावाले छुँदैन मात्रै राम्रैगरी हल्लाएर जान्छ । हुटहुटी चलाएर जान्छ । ‘ब्राजिलियन बट’ लिफ्ट अर्थात् बिबिएल फेसन यहि अनौठो हावा हो, जसले संसारभरका धेरै युवतिहरुलाई आफ्नो ऐनाअगाडी धेरैपट उभ्याएको छ । ‘बट’ हेर्दै टोलाउने बनाईदिएको छ । आफ्नो ‘बट’ सानो भएकोमा खेद छ। उनीहरुलाई किम कार्दाशियन जस्तो सर्लक्क र बडेमानका नितम्ब चाहिएको छ । यो ट्रेण्ड यसरी चलेको छ कि युवतिहरु आफ्नो ज्यानको बाजी लगाइरहेका छन् ।

३ सन्तानकी आमा भइसकेकी एक महिलाले जब नितम्ब ठूलो बनाउने सर्जरीका क्रममा इंल्याण्डबाट टर्की पुगेर ज्यान गुमाईन् । त्यो खबरले धेरैलाई झस्कायो । टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयघात भई अन्ततः उनको मृत्यु नै भयो ।

ईन्टरनेटमा उपलब्ध जानकारी अनुसार नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।

यहि प्रत्यारोपणका निम्ति मानिसहरु मरिमेटेर लागेका छन् ।

सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ महिला आकर्षित हुनुको कारण यो पनि हो कि उनीहरुलाई धेरैभन्दा धेरै मानिसहरुले मन पराउन् । सबैले ‘वाउ’ भनुन् । फर्केर हेरुन् ।

तर ईन्टरनेटमा देखिएका सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुले अन्जानमा आफ्नो ज्यान गुमाइरहेका छन् ।

केहीको ‘अप्रेशन’ सफल नभएर पहिलाको स्वरुप पनि गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?