गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको भएको छ । यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र नौ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित चार हजार ८१० छन् । कोरोना संक्रमण भई निको हुनेको संख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया