१७ औँ काग सम्मेलन सम्पन्न

काठमाडौं – आज काग तिहार । कागको आवाज निकालेर कागको सम्मेलन गर्दै आएका रमेश दुलालले यसपटक पनि इलाममा काग सम्मेलन गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद सेढाई, जिल्ला प्रहरी प्रमुख नबिन राई, समाजसेवी युवा नेता नेता डम्बर खड्का, सन्दकपुर गाउँपालिका लेखा अधिकृत युवराज नेपाल लगायतको उपस्थितिमा १७ औँ काग सम्मेलन सम्पन्न भएको हो ।

No description available.

कार्यक्रमको मुख्य प्रायोजन सक्षम निर्माण कम्पनि प्रा. लिले गरेको छ। भने सह प्रायोजन पर्यटकिय छेत्र सन्दकपुर गाउपालिका,पर्यटकिय क्षेत्र माई जोगमाई गाउँपालिकाले ले गरेको छ। इलाम सेवा समाज दक्षिण कोरिया ब्यानर सहयोग गरेको थियो ।

No description available.

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइएको हो। यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाईएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले थपे । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिने क्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।No description available.

आज बिहान पहिलो प्रहरमै कागलाई मीठा–मीठा चिजबिज खान दिएर सम्मान गरिएको छ । यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ । देवता र दानवबीच समुद्र मन्थन हुँदा कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत घडासहित धन्वन्तरि पृथ्वीमा अवतरण भएको पौराणिक मान्यता छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?