ईच्छा पुरा गर्न सोमवार यी १० काम गर्नुहोस्

काठमाडौं । सोमवारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ । ज्योतिषको अनुसार, सोमवार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमवारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन् । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।

कष्ट हटाउन यसो गर्नुहोस्
१) शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२) मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
३) चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४) चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
५) खीर खानु पनि शुभ हुन्छ ।
६) जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
७) चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।
८) मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।
९ ) धन-धान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।
१०) लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?