युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओ आजबाट खुला

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेले बुधवार (आज)बाट साधारण शेयर अर्थात् आइपीओ बिक्री खुल्ला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता बिक्री गरिसकेको छ । अब भने सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर खुल्ला गरेको हो । जसमा स्थानीयको लागि बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जेडिएको छ ।

८ लाख ७३ हजार ९ सय १० कित्ता मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?