काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत बुधवार कात्तिक २६ गते देखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।
त्यसैगरि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया