पैसा र पावरको दम्भ देखाएर चुनाव जितिँदैन : अरुण राज सुमार्गी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ध्रुबे हात्तीको संज्ञा दिएका छन् । नेपालगन्जमा आयोजित चुनावी कार्यक्रममा सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने प्रवृत्ति अब अन्त्य हुनैपर्ने बताएका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहलाई नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सुमार्गीले ५० प्रतिशतको हकदार भएर पनि महासंघले जिल्ला नगरको तर्फबाट नेतृत्व नपाउनु दुखद भएको बताए । महासंघमा एउटा ध्रुबे हात्ती छ, सुमार्गीले भने, ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि आजसम्म आनन्दराज मुल्मीबाहेक अरु नेतृत्व जिल्ला नगरबाट पुग्न सकेका छैनन् ।

चन्डीको कारण चन्द्र घुन बनेको मलाई माया छ, चन्द्र ढकालको चामल पीस्दा घुन झै पीसीनु पर्दा आफूले काध थाप्न नसकेको उनी बताउँछन् ।

त्यसकारण उनी भन्छन्, एउटा ३ दशक लामो महासंघमा सेवा गरेको किशोर प्रधान हुनुहुन्छ, अर्कोतिर पैसा र पावरको दम्भमा चुनाव जित्छु र जिताउछु भनेर हिडेको ध्रुबे हात्ती छ, अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।

२८ बर्ष को अनुभव भरसेज पैसाको पावरमा जील्लाको साथीहरुलाई जील्ला बाटै पाको मान्छे आएकोमा भोट दीन आग्रह समेत गरेका छन ।

सुमार्गी किशोर प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?