काठमाडौं । वातावरणलाई सन्तुलन बनाईराख्न संसारमा बिभिन्न जनावरहरुको उत्पत्ति भएको छ । त्यसै मध्येमा कमिला पनि एउटा सानो जीव हो ।
तर तपाईले कमिला किन सधैँ एक लाईनमा (ताँती) मा मात्र हिड्छ भन्ने कुरा विचार गर्नु भएको छ ? यदि छैन भने हामी तपाईहरुलाई यसको रहस्य बताउँछौँ ।
कमिलाको ताँतीमा भाले कमिला, पोथी कमिला र एउटा रानी कमिला हुन्छन् । भाले कमिलाको पखेटा हुन्छ तर पोथी कमिलाको पखेटा हुँदैन ।
अन्टार्टिका बाहेक संसारका हरेक ठाउँमा लगभग १२ हजार प्रजातिका कमिलाहरु छन् । विश्वको सबैभन्दा विषालु कमिला भने ब्राजिलको अमेजनमा पाइन्छ ।
त्यो कमिलाले टोकेको एउटा बन्दुकको गोलीले लागेको जस्तै महशुस हुन्छ । त्यो कमिलाको आँखा भएपनि देख्न सक्दैन ।
कमिलाहरु जब खाना खानको लागि बाहिर ताँतिका हिँड्छन् तब रानी कमिलाले बाटोमा ‘फेरोमोन्स’ नामको रसायन छोड्दछ ।
जसका कारण त्यसको वास्ना लिँदै अन्य कमिलाहरु पनि पछाडि -पछाडि हिँड्छन् । त्यसैले कमिलाहरु एकै ताँतीमा हिँड्ने गर्दछन् ।
कमिलाको ताँतीबाट मानिसले सामुहिकताको भावना सिक्नुपर्छ भनेर पनि सिकाईन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया