काठमाडौं – दम लाग्नुमा मौसमको कुनै पनि भुमिका हुँदैन । यो रोग जुनसुकै मौसममा पनि हुनसक्छ । तर जाडोयाममा दमका बिरामीहरुलाई अझ बढी सकस हुन्छ । यसको कारण के हो भने जाडोमा दमको मात्रा बढेर आउ छ । अरू समयमा सामान्य देखिएको दम जाडोमा विभिन्न प्रकारका छातिका संक्रमण भएर बढ्छ। यदि तपाईं सामान्य काम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ भने दम भएको हुनसक्छ । दम रोगको पहिलो र मुख्य लक्षण भनेको स्वाँ–स्वाँ हुने र श्वास फेर्न अप्ठ्यारो हुने नै हो ।
सुरुवाति अवस्थामा सामान्य काम गर्दासमेत स्वाँ–स्वाँ हुने, छाती घ्यार–घ्यार हुने, रुघाखोकी लाग्ने, अलिकति हिँड्ने बित्तिकै श्वास फेर्न अप्ठ्यारो हुने, थकाई लाग्ने भयो भने त्यो दमको पहिलो लक्षण हो । यदी दम दीर्घरुपमा बढ्दै गयो भने सामान्य काम गर्दा समेत स्वाँ–स्वाँ हुने, दुई–चार पाइला हिँड्दा पनि समस्या हुने, रुघाखोकी लाग्दा पनि श्वासप्रश्वास समस्या बढ्दै जाने र विना काम नै बसिरहेको अवस्थामा पनि श्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ।
कसरी हुन्छ यो समस्या ?
धुमपान गर्नेलाई दमको समस्या हुन्छ । त्यसैले धुमपान मद्यपानबाट टाढा रहौँ ।
वायु प्रदूषण यसको अर्को कारण हो । बाहिर निस्कँदा मास्कको उचित प्रयोग गरौँ ।
केही अध्ययनहरुबाट पत्ता लागेको छ कि उचित पोषण प्राप्त नहुँदा दमको समस्या उत्पन्न हुन सक्छ ।
खानपानमा ध्यान दिऔँ । अमेरिकामा दमका रोगीहरु लगातार बढिरहेका छन् । यसको मुख्य कारण डाइटको ढाँचामा परिवर्तन हो भन्ने विश्वास गरिन्छ । अधिकांस अमेरिकीहरु प्रशोधन गरिएका खानेकुरा त्यागौँ ताजा फल र तरकारी खाऔँ । डाइट प्लानमा सुधार ल्याएमा राम्रो नतिजा प्राप्त हुनेछ ।
मोटोपनले पनि दमलाई बढाव दिने भएकोले नियमित अभ्यास गरी तौल सन्तुलित राखौँ ।
जाडोमा चिसो हावा लाग्ने हुँदा दमका बिरामीहरुलाई छिटो असर गर्ने भएकोले चिसोबाट बचौँ । न्यायो कपडा लगाऔँ । धुवाँ आउने मकल, हिटर आदि सकेसम्म नबाल्ने
झ्याल ढोका बन्द गरेर हिटरहरुको प्रयोग नगर्ने ।
एलर्जीबाट बच्न भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्ने
जाडोयाममा विभिन्न छातीसम्बन्धी प्रकोपहरुले भाइरल इन्फेक्सन (इन्फ्लुएन्र्जा), रुघाखोकीको प्रकोप, अन्य संक्रमण सम्भावनाको जोखिम बढी हुन्छ । त्यसैले :
स्वस्थ्यकर, झोलिलो खानेकुरा खाने ।
गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया