बाथ रोगले सतायो ? यस्तो छ, कारण र उपचार विधि

काठमाडौंं – के तपाईंलाई बाथ रोगले हैरान पारेको छ ? या तपाईंको परिवारका सदस्य यस रोगबाट ग्रसित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंको लागि यो टिप्स निकै उपयोगी हुनेछ ।

के हो बाथ रोग  ?

बाथलाई मेडिकल भाषामा ‘अर्थाइटिस’ भनिन्छ । सामान्य बोलीचालीको भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग भनेर पनि बाथरोगलाई चिनिन्छ । जुनकुनै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्ने यो रोगले निकै सताउँछ । प्रायजसो घुँडाको जोर्नीमा देखिने यो समस्या शरीरको कुनै पनि अंगमा हुन सक्छ । तर पुरुषको तुलनामा महिला, वृद्धवृद्धा र मोटोपन भएका व्यक्ति बाथरोग सयभन्दा बढी किसिमका हुने गर्छन् । चिकित्सक भन्छन्, सामान्यतया ओस्टियो अर्थाइटिस,गठिया बाथ,ल्युकोस र युरिक एसिड बढी देखिने बाथरोग हुन् । यसलाई बिरामीमा देखिने लक्षणका आधारमा छुट्याउन सकिन्छ । नेपालमा आधिकारिक रुपमा अध्ययन नभएतापनि १० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपमा बाथरोग भएको पाइएको छ । चाहे त्यो यूरिक एसिडको बाथरोग होस्, चाहे हड्डी खिइने बाथरोग होस् । यी लगायतका अन्य बाथरोग झन्डै १० प्रतिशत मानिसमा भएको पाइन्छ । बाथरोगका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिसले समयमा उपचारसमेत पाउन नसकेका छैनन् ।

ओस्टियो अर्थाइटिस

बुढ्यौली, चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने प्रक्रियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यो बाथ हुनेहरुमध्ये सबैभन्दा बढी देखिने बाथरोग हो । यसबाहेक जोर्नीसम्बन्धी विभिन्न रोगका कारण पनि जोर्नी खिइने हुन सक्ने चिकित्सक बताउँछन् । जोर्नी खिइने समस्या अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्नुपर्छ ।

बाथ गठिया रोग

बाथ गठिया रोग दुई प्रकारका हुन्छन्,सिरो पोजेटिभ र सिरो नेगेटिभ इस्पोन्डलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै यस्तो बाथरोग निम्त्याउँछ । रगतमा बाथ रोगको लक्षण देखिन्छ । अर्थात प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । बाथरोगमध्ये सबैभन्दा घातक रोग यही हो । यसले छोटो समयमा नै जोर्नीहरुमा असर पुर्याएर अंगमा विकार ल्याउने चिकित्सक बताउँछन् ।

युरिक एसिड

शरीरमा हुने विकार वस्तु हो,युरिक एसिड । यसलाई कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ । जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खासगरी खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढ्छ । युरिक एसिड बढ्न नदिन रातो मासु,जाँड रक्सी,कोल्ड ड्रिक्स,जंकफुड आदि खानेकुराबाट टाढा रहनुपर्छ । प्रशस्त पानी,कागती पानी,अमिलो फलफुल,जेरी जस्ता खानेकुराले युरिक एसिडको मात्रालाई घटाउन सकिन्छ ।

लक्षण

यो रोगबाट ग्रसित हुनेहरु उठ्ने बस्ने ओरालो हिँडडुल गर्न निकै सास्ती हुन्छ । ऐयाआत्था भनेर गनगन गरिरहेका परिवारका सदस्यलाई साँच्चै नै तपाईंको खाँचो यसकारण छ कि यस्तो अवस्थाका मानिसहरुको जोर्नी सुन्निने, जोर्नी दुख्ने, जोर्नी चलाउन गाह्रो हुने अथवा सीधा तान्न वा खुम्च्याउन गाह्रो हुने हुन्छ । सामान्यतया जोर्नी धेरै किसिमका हुन्छन् । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पुर्याउँछ । यसबाहेक बिहानको समयमा जोर्नीहरु बढी दुख्ने,ज्वरो आउने,आलस्य हुने,कमजोर महसुस हुने हुन्छ । यो जुनकुनै उमेर समूहका मानिसमा देखा पर्न सक्छ ।

कारण
बाथरोग अटोइम्युनी अर्थात शरिर भित्रैबाट हुने रोग हो । तसर्थ यसको विशेष कारण हुँदैन । तर,केही प्रतिशतमा वंशाणुगत गुणका कारणले बाथ हुने गर्छ । अत्यधिक धुम्रपान र मध्यपान पनि बाथरोगका कारण हुन् । सामान्यतया बाथरोग सरुवा रोग होइन । तर,कुष्टरोग भाइरल डिजिज,लाइट डिजिजजस्ता सरुवारोगका कारण पनि थोरै प्रतिशतमा बाथरोग हुन सक्छ ।
उपचार
रोग लागीसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।
यसबाहेक
दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।
बेलैमा उपचार गर्नुपर्छ ।
चिकित्सकको सल्लाहअनुसार मुख बार्नुपर्छ ।

 

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?