काठमाडौं । मंसिर दोस्रो साता नेपाल उद्योग वाणिज्य महासंघको चुनाव हुने पक्का भएको छ । मुलुकको अर्थतन्त्रमा सरकार र निजी क्षेत्रको समान भुमीका रहने हुनाले आउँदै गरेको चुनाव र त्यसको नतिजामा आउने व्यक्तीसंग ठुलो चुनौती रहेको छ ।
कोरोनाले शिथिल बनाएको अर्थतन्त्र , मुलुकमा उत्पादनको कमी, सुस्ताएको पर्यटन क्षेत्रलाई जोगाउन , सेवा क्षेत्र विस्तार गर्न, पलाएन हुदै गरेका उद्योगी व्यवसायीलाई जोगाई राख्न अब आउने दिनका चुनौती रहेका छन ।
यता, पछिल्लो समयमा उद्योगीहरु उत्पादनमुलक भन्दा पनि व्यापारमुखि भएको पाईन्छ । उत्पादनलाई जोड नदिएर व्यपारमा केन्द्रित रहँदा मुलुकलाई ठुलो नोक्सानी बेर्हाेनु परेको छ । यता, लामो समय सम्म मुलुकमा राजनितिक अस्थिरताका कारणले सरकारले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने क्षेत्रमा ध्यान पुर्याउन नसक्दा उद्योगीका साथै सरकार पनि मुलुकलाई समृद्ध बनाउने विषयमा अन्यौल छ कि जस्तो देखिन्छ ।
सरकार राजस्वमुखि हुँदा देशमा उद्योग कलकारखाना फस्टाउन नसकेको व्यवसायीको तर्क छ । जस्ले गर्दा व्यवसायीहरु व्यपार तर्फ आकर्षित भएका छन । औधोगीक वातावरणको अभाव रहेको उद्योगीहरुको भनाई छ । सरकारले उद्योगीहरुलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु पर्ने लगाएतका विषयमा लामो समय देखि बहस नचलेको पनि होइन ।
उद्योगीहरु व्यपारमा लागे पनि उनिहरुको लागि कानुनि प्रक्रिया झन्झटिलो रहेको व्यपारीहरु बताउँछन् ।
हामीले यसै विषयमा केन्द्रित रहेर अर्थविद् ज्ञानेन्द्र अधिकारीसंग आउदै गरेको नेपाल उद्योग वाणिज्य संघको चुनाव संगै निजि क्षेत्र संगको अपेक्षा बारे कुराकानी गरेका छौ ।
पछिल्लो समय उद्योगीहरु व्यपार तिर केन्द्रित हुँदा मुलुकमा उत्पादन कम भएको छ । मुलुकमा भएका औधोगीक क्षेत्रहरुमा उत्पादन भन्दा पनि व्यापार भएको देखिन्छ । व्यापार गर्दा कम लगानी लाग्ने ,जनशक्ती कम परिचालन गर्नु पर्ने ,कम लगानीमा प्रतिफल धेरै आउने तथा चुनौतीको कमी लगाएतका विषयले उद्योगीहरु व्यपार तर्फ आकर्षित भए । यसबाट राज्यले पाउनु पर्ने लाभ लिन सक्दैन, व्यपारीहरुलाई मात्र फाईदा देखिएको अर्थविद् ज्ञानेन्द्र अधिकारीको भनाई छ ।
आउदै गरेको चुनावबाट निजि क्षेत्र संग धेरै आशा रहेको अर्थविद्ले बताउँछन् , मुख्य गरि पछिल्लो ३ महिनाको तथ्यांक हेर्दा हस्तकलाको व्यापार बढेको देखिएको छ यसलाई अझ व्यवस्थित गर्न सकेमा अर्थतन्त्रमा हस्तकलाको योगदान बढ्ने देखिन्छ । यसै गरि पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नु पर्ने, पुजी पलाएन हुन बाट बचाउन तथा क्यापिटल फ्लाईटबाट बचाउन रोजगारी सृजना गर्न आफ्नै मुलुकमा उत्पादन बढाउनु पर्ने हुन्छ । साथै रेमिट्यान्स मुलुकमा भित्रिएपनि आयात मुखी अर्थतन्त्र रहेको हुदा बाहिरिने गर्दछ त्यसलाई बचाउन पनि उत्पादन बढाउनु पर्ने अर्थविद् ज्ञानेन्द्र अधिकारीको भनाई छ ।
यसैगरी अन्य मुलुकले विदेशी लगानी भित्र्याउन रेड कार्पेट विच्छ्याएका हुन्छन् । लगानीको सुनिश्चितता दिएका हुन्छन् । तर, नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने कुनै पनि वातावरण छैन । स्थानीय अवरोध, श्रम समस्या जस्ता विषय नेपालका प्रमुख समस्या हुन् । कुनै पनि लागानीकर्ताले नाफा कमाउनका लागि लगानी गर्ने हो । तर, उसको लगानीकै ग्यारेण्टी छैन भने उसले के आशले लगानी गर्छ ? राज्यले विदेशी लगानीकर्ता आकर्षित गर्ने वातावरण सिर्जना गर्न सकेको छैन । नेपालको तुलनामा अन्य देशमा लगानी गर्दा बढी फाइदा हुन्छ भने नेपालमा लगानीकर्ता किन आउँछन् ? विश्वमा यसले कस्तो सन्देश दिन्छ । लगानी गर्न चाहना भए पनि वातावरण नहुनु नेपालको मुख्य समस्याको रुपमा रहेको छ ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी जनसंख्या आश्रित रहेको क्षेत्र कृषि हो । कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको संग्लग्नता र लगानी बढाउने हो भनेमात्र यस क्षेत्रको विकास सम्भव छ । नेपालको संविधानले बजारद्वारा निर्देशित मिश्रित आर्थिक प्रणाली अर्थात् सरकार, निजीक्षेत्र र सहकारीको भुमिका रहने गरि तीन खम्बे अर्थनीतिको मोडेललाई अंगिकार गरेको छ र यही तीन खम्बे अर्थ नीतिको मोडेलबाट अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउँदै समाजवादको आधार निर्माण गर्ने उल्लेख गरिएको छ । आर्थिक वृद्धि र विकासलाई अघि बढाउन अहिले मुलुकले अवलम्बन गरेको अर्थतन्त्रको मोडेलमा खुल्ला बजारमुखी अर्थतन्त्र अवलम्बन गरि निजी क्षेत्रको भुमिका अभिवृद्धि गर्ने धारणा अघि सारिएको छ । अहिलेको परिस्थितिमा मुलुकमा केही हदसम्म औद्योगिक, व्यापारिक र सेवा क्षेत्रमा निजी लगानी प्रवर्द्धन त भएको छ तर कृषि क्षेत्रमा भने निजी क्षेत्रको लगानी अपेक्षित रुपमा हुन सकेको छैन ।
कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन बन्दाबन्दी (लकडाउन) को पालना गर्ने सिलसिलामा यसले देशको अर्थतन्त्रको प्रमुख क्षेत्र तथा अधिकतम जनताको जीविकासँग सम्बन्धित रहेको कृषि क्षेत्र पनि प्रभावित भएको छ । निजि क्षेत्रले कृषीमा आत्मनिर्भर बनाउनको लागी नयाँ योजना ल्याउने आशा सबैको छ । सरकारले आगामी आव २०७६/७७ को बजेटमा कृषीलाई राम्रो स्थान दिएपनि कतै पुरानो लयमा जान्छ कि भन्ने डर रहेको छ, यस्तोमा निजी क्षेत्रको भुमीका पनि महत्वपुर्ण रहेको छ ।
मुलुक आयातमा भर पर्ने पुरानो परम्परा रहेको छ । अहिले कोरोना महामारीका कारणले विश्वमा नै असर पर्दा नेपाललाई उत्पादनमा जोड दिनु पर्ने र आयात मुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्ने चुनौती पनि थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया