लगेजको तौल घटाउन यी युवतीले एयरपोर्टमा लगाईन् ५ जोर कपडा !

काठमाडौं। मानिसहरुले एयरपोर्टमा बिभिन्न हर्कतहरु गरेको घटनाहरु तपाई हामीले बिभिन्न समयमा देखी नै रहेको कुरा हो । यस्तै एउटा घटनाले पछिल्लो समय संसार नै हल्लाई रहेको छ । उक्त तस्विर अत्याधिक भाईरल भईरहेको छ ।

फिलिपिन्समा एकजना महिलाको तस्विर पछिल्लो समय भाईरल भईरहेको हो । जेल रोड्रिगेज नाम गरेकी ति महिलाको एयरपोर्टमा भएको तस्विर भाईरल भईरहेको हो ।

जहाजमा यात्रा गर्ने क्रममा एयरपोर्टमा चेकइन गर्ने बेलामा ति महिलाको ह्याण्डक्यारी तौल ७ कीलोको हुनु पर्नेमा नौ कीलो भयो । र सोहि आपतकालीन समयमा उनले ह्याण्डक्यारीको तौल घटाउनको लागि बाँकी साढे २ किलोको अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले उनले सो समयमा एक अनौठो उपाए अपनाएकी छन् ।

सो ह्याण्डक्यारीमा कपडा मात्रै भएकाले उनले तौल घटाउनको लागि आफ्नो शरीरमा कपडा माथि कपडा लगाएकी थिईन् । उनले पाँचवटा प्यान्ट, थुप्रै टिर्स र ज्याकेट लगाएर झोलाको तौल ७ किलोमा झारेकी थिईन् ।

ति महिलाले आफैले धेरै कपडा लगाएको तस्विर फेसबुकमा शेयर गरेकी थिईन् । जुन तस्विर यति भाईरल भयो की उनको उक्त पोष्टलाई २० हजार भन्दा धेरैले शेयर गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?