विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन/तीन तथा तेह्रथुम र भोजपुरका एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।
प्रदेशमा संक्रमितको संख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या २० हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ९१ जना रहेको छ । अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया