काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज(मंसिर १० गते, बुधवार) अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि (मंसिर ११ गते, बिहीबार) बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर १० गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार डिजिटल प्लाटफर्म मार्फत हुनेछ ।
सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया