महासंघ निर्वाचन : कसको पल्ला भारी ?

प्रस्तुत कोइराला/काठमाडौं । विश्वको अर्थतन्त्र कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण सिथिल बनेको छ । यो महामारीको कारण झण्डै पाँच महिना लकडाउन भोगेको नेपालको अर्थतन्त्रपनि बिस्तारै माथी उठ्दै छ । कोरोना महामारीले नेपाल पूर्ण रुपमा मुक्त हुन नसकेपछि प्रायः सबै किसिमको आर्थिक गतिविधि चलायमान अवस्थामा रहेका छन् । यसैबिच देशभरका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति पनि नजिकिँदै गएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन नीजि क्षेत्रका उद्योगी व्यवसायीको नै मुख्य भुमिका रहन्छ । राज्यलाई व्यवसायमैत्री वातावरण निर्माणको लागि खबरदारी, सहकार्य र सुझाव दिने काम उद्योग वाण्ज्यि महासंघ र यसको नेतृत्वमा रहेकाको नै हो । यसै अवस्थामा महासंघले चयन गर्न लागेको नयाँ नेतृत्वमा सबैको ध्यान जानु पनि स्वभाविक हो ।

निजी क्षेत्रको अग्रणी संस्था उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत भावी अध्यक्ष हुने विधानको कारण वरिष्ठ उपाध्यक्षमा टिमसहित महासंग्राम पर्दै छ । अझ रोचक त के छ भने अहिलेका वरिष्ठ उपाध्यक्ष अर्थात भावि अध्यक्ष शेखर गोल्छा तथा वर्तमान अध्यक्ष भवानी राणाले त वरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधानलाई खुलेरै समर्थन गरिसकेका छन् । अर्का वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढवाललाई पनि केही पूर्व अध्यक्षहरुको साथ रहेको छ । तरपनि ततस्थ बसेर जो नेतृत्वमा आएपनि सहकार्य गर्नपर्ने भावी अध्यक्ष शेखर गोल्छाले किन खुलेनै नै किशोर प्रधानलाई समर्थन गरे । अझ अघिल्लो निर्वाचनमा आफ्नै प्रतिस्पर्धी समेत रहेका किशोर प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छाको समर्थनले कतै चन्द्र ढकाल वा उनको सहयात्रीमा कुनै कैफियत त छैन भन्ने प्रश्नपनि व्यवसायीमाझ रहेको पाईन्छ ।

नेपालउद्योग वाणिज्य महासंघको आउँदो मंसीर ११र १२ गतेका लागी निर्वाचन मिति तय गरिएको छ । मंसीर महिनामा हुने भनिएको ५४ औं वार्षिक साधारणले नयाँ नेतृत्व चयन गर्नेछ । निर्वतमान अध्यक्ष भवानी राणाको कार्यकाल सकिएसँगै महासंघले नयाँ नेतृत्वका लागि निर्वाचन मिति पटक पटक तय गर्दा पनि कोरोना भाइरसको महामारीका कारण निर्वाचन मिति सारिदै आएको थियो । कोरोना संक्रमणको महामहारीका कारण यसअघि चैत २८ र २९ गतेका लागि आह्वान गरिएको साधारणसभा साउन २६ र २७गते हुदैँ अहिले मंसीर ११ र १२का लागी तय गरिएको छ । कोरोना संक्रमणका कारण लकडाउन सुरु भएसँगै पछिल्लो निर्वाचन मिति स्थगित गरिएको थियो ।

महासंघको संशोधित विधानअनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतःअध्यक्ष बन्ने छन् भने त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एसोसिएट्स, वस्तुगत र जिल्ला तथा नगरतर्फ गरी तीनजना विषयगत उपाध्यक्षतथा ६९ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुनेछ ।

महासंघको पछिल्लो संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार रहेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । हाल प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन भने ढकाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र प्रसाद ढकाल आईएमई समूहका अध्यक्षसमेत हुन् । हालएसोसिएट्स उपाध्यक्ष रहेका ढकाल यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्यदूत समेत हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी उद्योगी किशोर प्रधान जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्षपदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्ला र नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको थियो ।

अहिले तातिरहेको महासंघको चुनावमा दुवै पक्षको आआफ्नो दौडधुप रहेको छ । दौडधुपको क्रममा केहिपक्षले प्रधान प्यानललाई सपोर्ट गरिरहेका छन भने केहि पक्षले ढकाल प्यानललाई । हार र जित त निर्वाचनको नतिजाले देखाई हाल्ने छ तर चुनावी घमासानलाई नियाल्दा अधिकांश महासंघका पूर्व अध्यक्षहरु प्रधानलाई समर्थन गरिरहेका् देखिएका छन । । वर्तमान अध्यक्ष भवाणी राणा र भावी अध्यक्ष शेखर गोल्छा समेत किशोर प्रधानको समर्थनमा देखिएका छन ।

यस्तै पूर्व अध्यक्षमध्ये सुरज वैद्य र चण्डीराज ढकालले भने चन्द्र ढकाललाई समर्थन गरिरहेका छन् । महासंघमा अहिलेको राजनीति यहि नै रहेको छ ।

पुर्ब अध्यक्षहरुको ठुलो समुहको साथ र समर्थन रहेको किशोर प्रधानको दाबीलाई चन्द्र ढकाल स्वीकार्न चाहदैनन् । लोकपथकोको कुराकानीमा ढकालले भने, “खै काहा छ किशोर प्रधानजीसँग पुर्ब अध्यक्षहरुको ठुलो समुहको साथ ? घर घर धाएर मेरो साथमा छन भन्दैमा हुन्छ र ?”

महासंघले राज्यको सम्पूर्ण भौगोलिक (जिल्लानगर) वस्तुगत तथा एसोसिएटको क्षेत्र ओगट्ने भएकोले यसको महत्व आम व्यवसायीले सोचेभन्दा धेरै ठूलो रहेको छ । अहिलेको उम्मेद्वारहरुले महासंघको मूलधार लक्ष्यलाई ध्यन नदिएर निर्वाचनको राजनीतिमा लिप्त रहेको जस्तो आभास महासंघका पूर्व वरिष्ठ उपाध्यक्षभाष्कर राज राजकर्णिकारलाई भएको छ ।

चन्द्र ढकाल र किशोर प्रधानको क्षमता र कमजोरीको विषयमा कुरा गर्दा पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकार भन्छन्, ‘‘चन्द्र ढकाल अत्यन्तै शान्त स्वभावका मिलनसार व्यक्ति हुन् , चन्द्र भलादमी छन, जसले निकै छोटो समयमा शुन्यको अवस्थाबाट सफलता हासिल गरे । उनको त्यो गुणको महासंघमा खाँचो छ । साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धहरु बलियो छ । जुन नेतृत्व सम्हालने व्यक्तिमा हुनु पर्ने गुण हो । ’

‘‘कमिकमजोरीको कुरा गर्दा चन्द्र ढकालसँग बोल्ड लिडरशिप क्वालिटि छैन, उनी सबैलाई खुसी बनाउन पर्छ भन्ने धारणा राख्छन तर रणभुमीमा त्यो भावना आफैलाई भारी हुन सक्छ । उनी भर्खरका छन महासंघको लामो अनुभव छैन, त्यसकारण पनि उनले हतार गरे कि भन्ने महशुश मलाई भएको छ सँगै २ दशकभन्दालामो महासंघमा अनुभव बोकेका किशोर प्रधानलाई प्रत्यासी बनाउनु पनि एउटा गलत कदम हुन सक्ने आकँलन गरेका छन । चन्द्र ढकाल निजी संस्थाको नेतृत्वमा अत्यन्तै सफल भएका हुन् तर सार्वजनिक संस्थाको नेतृत्वमा भने कमजोर रहेका छन र महासंघ भनेको राज्यकै सबैभन्दा ठूलो सर्वाजनिक संस्था हो । ’’

‘‘यस्तै किशोर प्रधान आफैले भने जस्तो उनम ामहासंघको राम्रो अनुभव छ , उनी आफ्नो जिम्मेवारी प्रतिको परिपक्वतालाई बुझ्ने क्षमता राख्दछन । किशोर प्रधान सामान्य रुपमा प्रस्तुत हुने गरेका छन भने इमान्दारीका साथ उनी निरन्तर खटिरहेका पनि छन । यती हुँदाहुँदै पनि उनमा केहि कमजोरी भने अवश्य नै रहेको छ । उनमा अनुभव राम्रो छ तर धेरै पटक एउटै पदकालागि लडिरहने हारे पनि जिते पनि सोहि पद हासिल गर्न लागीपर्ने गरेका छन जसले महासंघमा नै नकारात्मक सन्देश गएको छ । साथै उनी महासंघको हरेक मुद्दा बुझ्न सक्षम भइरहँदा समय सापेक्ष भने छैनन् । वरिष्ठ उपाध्यक्षभनेको निष्पक्षहुनु पर्छ तर भावी अध्यक्षको समर्थनले उनीकताकता ‘ओभर कन्भिडेन्ट’ भएका छन जसले उनैलाई पनि राम्रो गर्ने छैन ’’ पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राज कर्णिकारले बताएका छन ।

महासंघका पूर्व उपाध्यक्ष राजकर्णिकारका अनुसार उनीदुवैपक्षलाई समर्थन गरिरहेको बताउँछन् । दुवै पक्षसँग आ आफ्नो क्षमता र कमजोरी रहेको बताउँदै जो नेतृत्वमा आए पनि आवश्यक कार्यमामात्र केन्द्रित हुनुपर्ने भएकोले पार्टिगत चुनाव जस्तो फाइदा घाटा नहुने भएकोले दुवै पक्षलाई खुलेआम समर्थन गर्दा पनि केहि फरक नपर्ने उनी बताउँछन् । तर भावि अध्यक्ष शेखर गोल्छाको अडानले भने समग्र महासंघ नै अफठ्यारोमा पर्ने उनले बताए ।

राजनीति होस् अथवा सार्वजनिक संस्था,चुनावभन्ने बित्तिकै राजनीति त घुसिनै हाल्छ तर महासंघका पदाधिकारीहरुले भने महासंघको चुनाव पार्टिगतचुनाव जस्तो नरहेको बताउँछन । निर्वाचनको समयमा गुट देखिएपनिचुनावलगत्तै हामी सबै एक भएरै आगाडी बढ्ने प्रतिबद्धता देखाउँछन । गुटबन्दी चुनावको समयमा सामान्य रहेको धारणापनिराख्दछन् । महासंघ भित्र जसरी गुटबन्दी बनेको छ चुनावलगत्तै यो साम्मेहोला कि नहोला त समयले देखाउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?