४ वर्ष पछि शेयर बजारमा देखा पर्‍यो बुलिस ट्रेण्ड

काठमाडौं । २०७३ साल साउनको महिनामा नेप्से परिसूचक १८८१को ऐतिहासिक विन्दुमा थियो । सो विन्दु पश्चात हिजोको मिति सम्म पनि नेप्से १८८१ को विन्दुको लागि संघर्ष गरिरहेको थियो । तर आज अर्थात् २०७७ साल मंसिर ११ गते नेप्सेले १८८१ को प्रतिरोध विन्दुलाई उछिनेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचकले १९२५ को अधिकत्तम विन्दु हासिल गरिसकेको छ ।

शेयर बजारको भाषामा भन्दा आजदेखि बजारमा बुलिस ट्रेण्ड शुरु भएको छ । यो ट्रेण्डका लागि लगानीकर्ताहरुले करिब ४ वर्षको पर्खिएका थिए । नेप्से परिसूचक २०७५ सालको फागुनमा न्यूनतम ११०९ को विन्दुमा रहेको थियो ।

आजदेखि शुरु भएको बुलिस ट्रेण्ड कतिको दिर्घकालीन हुन्छ र कति समयको रहन्छ त्यो प्रत्येक लगानीकर्ता आफैले मूल्याङ्कन गर्न आवश्यक रहेको छ । बुल रन शुरु भएको बजारमा रिक्स पनि उत्तिकै बढ्ने भएको हुनाले संयमित भएर सुझ बुझका साथ लगानी गर्न प्रेरित गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?