काठमाडौं । बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाईलाई अनौठो लाग्ला । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोहि राष्ट्रपति, कोहि प्रधानमन्त्री र कोहि ठूला कम्पनीका मालिक छन् ।
त्यो गाउँमा गएको बेला तपाईलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला ।
किनभने भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक ।
खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदको नाम, मोबाइल कम्पनीको नाम तथा अदालतको नाम समेत राख्ने ठूलो शौख रहेको छ ।
त्यसैले त्यो जिल्लामा उच्च पदहरु, कार्यालयहरु, मोबाइल ब्राण्ड तथा एसेसरिजको नामबाट आफ्ना बच्चाको नाम राख्नु निकै सामान्य कुरा हो ।
राष्ट्रपति, प्रधानमन्त्री, सामसुङ, एन्ड्रोइड मात्र होइन सिमकार्ड,, चिप, जिओनी, मिस कल, राज्यपाल, हाइकोर्ट जस्ता अनौठा नामका बालबालिकाहरु त्यो गाउँमा पाइन्छन् ।
झण्डै ५ सय कन्जड समुदाय बस्ने उक्त गाउँ सायद संसारको त्यस्तो एकमात्र गाउँ हो जहाँ विचित्र नाम राखिन्छ । आमरुपमा यो समुदायका मानिसहरु अशिक्षित छन् ।
तर यस्तो आधुनिक नाम राख्ने उनीहरुको चलनले यो बताउँछ की उनीहरु आधुनिकता र शिक्षाप्रति निकै लालयित छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया