शेयर बजारमा नयाँ रेकर्ड : ४ वर्षपछि शुरु भयो बुल रन

काठमाडौं । २०७३ साल साउनको महिनामा नेप्से परिसूचक १८८१को ऐतिहासिक विन्दुमा थियो । सो विन्दु पश्चात हिजोको मिति सम्म पनि नेप्से १८८१ को विन्दुको लागि संघर्ष गरिरहेको थियो । तर आज अर्थात् २०७७ साल मंसिर ११ गते नेप्सेले १८८१ को प्रतिरोध विन्दुलाई उछिनेको छ ।

बिहीवार नेप्से परिसूचक आहिले सम्मकै उच्च विन्दु १९२६ अंकको विन्दुलाई चुमेर फर्किएको छ । शेयर बजारको भाषामा भन्दा आजदेखि बजारमा बुलिस ट्रेण्ड शुरु भएको छ । यो ट्रेण्डका लागि लगानीकर्ताहरुले करिब ४ वर्षको पर्खिएका थिए ।

बिहीवार शेयर बजार परिसूचक नेप्से १८.४३ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजार इतिहासकै उच्च विन्दु १८९३.२५ अंकको विन्दुमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.५८ अंकले उकालो लाग्दै ३६५.१८ अंकको विन्दुमा बजार बन्द भएको छ ।

दोहोरो अंकले बढेको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका छन । ७ उप समूहको परिसूचक घटेको छ भने ५ उप समूहको परिसूचक बढेको छ । जसमा बैंकिङ समूहको परिसूचक २.७० प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक १.०२ प्रतिशतले बढेको छ बाँकि ३ समूहको परिसुचक १ प्रतिशत भन्दा थोरैले बढेका छन् ।

घटेका समूहगत परिसूचक मध्ये व्यापार समूहको परिसूचक ५.३३ प्रतिशतले घटेको छ भने होटल्स् समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ । त्यस्तै जिवन बीमा र निर्जिवन बीमा समूहको परिसूचक क्रमश १.२१ र १.६७ प्रतिशतले घटेको छ । बाँकि बाँकि ३ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

बिहीवार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपैयाँ बराबरको सर्वाधिक ४ हजार १ सय ३० पटक कारोबार भएको छ । शेयर संख्याका आधारमा भने प्रभु बैंक शिर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ६ लाख ६० हजार ७ सय २४ कित्ता शेयरको खरिदबिक्रि भएको छ । बुधवार २१ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको छ ।

बिहीवार एन एम बी माइक्रोफाइनेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पाचँथर पावर कम्पनी लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र आखुँ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य साढे ९ प्रतिशत भनदा धेरैले बढेको छ ।

झन्डै १ प्रतिशतले बढेको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताहरुले सर्वाधिक ६.१८ प्रतिशतले गुमाएका छन् । बिहीवार दोहोरो अंकले बढेको बजारमा कमाउने भन्दा गुमाउने कम्पनी धेरै रहेका छन् ।

बिहीवार २०१ कम्पनीको ७० हजार ३ पटकको कारोबारमा १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयरको खरिदबिक्रि हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९० रुपैयाँ ७८ पैसा बराबरको कारोबार भएको छ ।

बिहीवार कारोबारमा आएका कम्पनी मध्य ४८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने ११ठ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?