काठमाडौं । नरिवल मन्दिरमा पूजा गर्दा फुटाएर चढाएको त हामीले देखेका नै छौँ । तर किन र कसरी नरिवल चढाउन थालियो भन्ने बारेमा भने हामीलाई थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई यो रहस्यको बारेमा जानकारी गराउँछौँ ।
हामी नयाँ काम शुरु गर्दा वा गृह प्रवेशको बेलामा पनि नरिवल फुटाएको देख्ने गर्दछौँ । यसको आफ्नै परम्परा रहेको छ ।
साथै मांगलिक कार्यमा पनि नरिवलको प्रयोग हुन्छ । तपाईले वैदिक सत्य सनातन धर्मको बारेमा त सुन्नु र पढ्नु भएकै होला ।
हिन्दू धर्ममा नरिवललाई शुभ र मंगलकारी फल मान्ने गरिन्छ । नरिवललाई एक पवित्र फलको रुपमा पूजा गरिन्छ ।
त्यसैले यसलाई सबै देवीदेवतालाई समर्पित गरिन्छ । कुनै पनि सामाग्री नमिसीएकोले नरिवल भित्रको पानी एकदमै पवित्र मान्ने गरिन्छ ।
त्यसैले नरिवल फोरेर त्यसको पानी यत्रतत्र छर्किंदा त्यका रहेका नकारात्मक शक्ति नष्ट हुने विश्वास छ । त्यसैले नरिवल फोर्ने गरिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया