काठमाडौं । नेपाली बजारमा शुक्रवार सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । शुक्रवार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
बिहीवार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया