बेलायतमा किन फालिन्छ वर्षेनी ७२ करोड अण्डा ?

काठमाडौं । संसारमा एउटा यस्तो देश पनि छ जहाँका मानिसहरु बर्सेनी करोडौँ अण्डाहरु फोहोरमा फालेर नष्ट गर्दछन् । तर यसरी नष्ट गर्नुको रहस्य पनि अनौठो रहेको छ ।

एक अध्ययनका अनुसार बेलायतमा हरेक वर्ष ७२ करोड वटा अण्डा फोहोरमा फालेर नष्ट गरिन्छ । सन् २००८ सम्म बर्सेनी १४ करोड अण्डा फालिदै आएको त्यो सख्या ५ गुणाले बढेर अहिले ७२ करोड पुगेको हो ।

गएको वर्ष बेलायतमा ७ अर्ब २० करोड वटा अण्डा बिक्री भएका थिए । अध्ययनका अनुसार त्यहाँका २९ प्रतिशत अण्डाहरु नष्ट गर्ने गरिन्छ ।

वास्तवमा त्यसरी अण्डा फ्याँक्नुको कारण अण्डाको म्याद गुज्रिएको भएर हो । म्याद सकिएका अण्डाहरु उनीहरुले खाँदैनन् त्यसैगरी वर्षेनी नष्ट गर्दछन् । त्यहाँ म्यादको मिति हेरेर मात्रै अण्डा नष्ट गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?