काठमाडौं । भारतको बिहारस्थित भागलपुर प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीको प्रेम कहानीकै कारण जागिर गुमाउनु परेको छ । प्रिती नाम गरेकी ति महिला प्रहरी सोही जिल्लाको कुख्यात डाकुसँग प्रेममा थिइन् ।
मिठु शाह नामक उक्त डाकु प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए । मिठुको जीवनशैलीले प्रभावित भएकी ति महिला प्रहरीले केहि समय अगाडि मात्र विवाह गरेकी थिइन् ।
प्रहरीको गोप्य सूचना डाकु तथा आफ्ना पति मिठुलाई दिएको अनुसन्धानबाट पत्ता लागेपछि प्रहरीले उनलाई जागिरबाटै निलम्बित गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया