प्रेमीले अस्पतालमा आउँदैछु भनेपछि बिरामी प्रेमीकाले गरिन् हेभी मेकअप

काठमाडौं । अस्पतालमा बिरामी भएर उपचार गराईरहेका बिरामीलाई आफ्नो सुन्दरताको खासै मतलव हुँदैन ।

बिरामीहरुलाई अस्पताल बस्दा कहिले आफूलाई सन्चो हुन्छ र घर जान पाइन्छ भन्ने खुलदुली हुन्छ । साथै बिरामीलाई अस्पतालमा धेरै मानिसहरु भेट्न जाने गर्दछन्।

तर भियतनाममा भने एउटा अनौठो घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार भियतनाममा उपचाररत एक युवतीले प्रेमी भेट्न आउने खबर सुने लगत्तै हतार हतार हेभी मेकअप गरेकी छन् ।

ति युवती आफैले फेसबुकमा यस्तो तस्विरहरु सार्वजनिक गरेकी थिईन् । उनले क्याप्सनमा ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् लेखेकी थिईन् ।

उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् । साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् । जुन कुराको धेरैले आलोचना समेत गरे ।

एजन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?