यस्ता छन् अदुवा-चिया पिउनुका फाइदा !

काठमाडौं । जाडो महिनामा हामी धेरै नै चिया पिउँछौँ । तातौ चियाले शरीरमा न्यानोपन दिलाउनेले हामी चिया धेरै पिउने गर्दछौँ ।

जाडोमा चिसो पानी धेरै पिउन पनि सकिँदैन। त्यसैले शरीरमा पानीको मात्रा कम भएकोले विभिन्न समस्या देखापर्दछन् । तर पानी तताएर वा चिया बनाएर पिएमा ति समस्याबाट छुटकरा मिल्छ । यसबेला चियामा अदुवा राखेर बनायो भने यसले धेरै फाइदा गर्छ । साथै विभिन्न रोगबाट पनि मुक्ति दिलाउँछ । आज हामी त्यसकै फाइदाका बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
-रक्तसञ्चारमा सहयोग पु-याउँछ ।

-पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

-अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

-यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।

(क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

-गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?