कस्तो थियो यस अघिको निर्वाचनमा उपाध्यक्ष पदका उम्मेद्वार शेखर र किशोरको भिडन्त ?

प्रस्तुत कोइराला/काठमाडौं । २०७३ साल चैत २९ गते अघिल्लो चुनावको नतिजा सार्वजनिक गरिएको थियो । निर्वाचनमा उक्त समय वरिष्ठ उपाध्यक्षका लागी किशोर कुमार प्रधान र शेखर गोल्छा प्रतिस्पर्धी रहेका थिए । जसमा किशोर कुमार प्रधानले ३६.७० प्रतिशत मत पाएका थिए भने शेखर गोल्छाले ६३.३० प्रतिशत मत पाएर विजय भएका थिए ।

वस्तुगत तर्फ ९८ मत रहेकोमा किशोर कुमार प्रधानले ५१ मत पाएका थिए भने शेखर गोल्छाले ४७ मत हात पारेका थिए । त्यस्तै उद्योग वाणिज्य संघ तर्फ १०३ सदर मत रहेकोमा किशोर कुमार प्रधानले ४२ मत प्राप्त गरेका थिए भने शेखर गोल्छाले ६१ मत प्राप्त गरेका थिए । एशोसिएट्स् तथा द्विराष्ट्रिय तर्फ ६२७ मत रहेकोमा किशोर प्रधानको पक्षमा १२३ मत खसेको थियो भने शेखर गोल्छाको पक्षमा ५०४ मत खसेको थियो । वस्तुगत तर्फ किशोर प्रधानले बाजि मारेका थिए तर समग्रमा शेखर गोल्छा ६३.३० प्रतिशत मत पाएर वरिष्ठ उपाध्यक्ष बन्न सफल भएका थिए ।

उद्योग वाणिज्य समूहमा १०३ मत रहेको थियो । जसमा कोहलपुर उद्योग वाणिज्य संघका उम्मेद्वार दिनेश श्रेष्ठलाई ७ मतले हराउँदै म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष तर्फ ३ जना उम्मेद्वार रहेकोमा नेपाल औषधि उत्पादक संघका उमेशलाल श्रेष्ठ ४९ मतका साथ निर्वाचित भएका थिए । यस विधामा कुल ९८ मत रहेको थियो ।

एशोसिएट उपाध्यक्ष तर्फ भने आई.एम.ई ग्रूप प्रा.लीका एकल उम्मेद्वार चन्द्र प्रसाद ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरि उद्योग वाणिज्य समुहको कार्यकारी समिति सदस्यका लागी १८ पद संख्यामा भएको निर्वाचनमा २८ उम्मेद्वारको प्रतिस्पर्धा भएको थियो । निर्वाचित हुनेमा झापा, काभ्रे, नुवाकोट, ललितपुर, सिद्धार्थ, नेपालगञ्ज, स्याङ्जा, अर्घाखांची, दाङ, सिन्धुपाल्चोक, धुलिखेल, सुर्खेत, रोल्पा, बुटवल, धादिङ, मकवानपुर, चितवन र तनहुँ उद्योग वाणिज्य संघका उम्मेद्वार निर्वाचित भएका थिए । तनहुँ उद्योग वाणिज्य संघ र दोलखा उद्योग वाणिज्य संघबीच बराबर मत भएको कारण गोला प्रथाबाट तनहुं उद्योग वाणिज्य संघका देव कुमार श्रेष्ठ निर्वाचित भएका थिए । बाँकि १० सदस्य भने पराजित भएका थिए । पराजित हुनेमा दोलखा, इलाम, रामेछाप, त्रियुगा, मुगु, कञ्चनपुर, जनकपुर, सप्तरी, तुलसीपुर र मकवानपुर उद्योग वाणिज्य संघका उम्मेद्वार रहेका थिए ।

प्रदेश क्षेत्रका कार्यकारी समिति सदस्यको निर्वाचनमा प्रदेश नं १ मा उद्योग वाणिज्य संघ इटहरीका रोहित प्रसाद प्रसाईँले १३ मत प्राप्त गर्दै धनकुटा उद्योग वाणिज्य संघका १० मत प्राप्त गरेका लाल चन्द गोंगुवा तामाङलाई पराजित गर्दै प्रदेश नं १ बाट कार्यकारी सदस्यका रुपमा निर्वाचित भएका थिए । त्यस्तै प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ५ र प्रदेश नं ७ तर्फ एकल उम्मेद्वार क्रमशः बिरगञ्ज उद्योग वाणिज्य संघका गणेश प्रसाद लाठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कमल कुमार श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य संघका भीम बहादुर थापा क्षेत्री र डडेलधुरा उद्योग वाणिज्य संघका प्रकाश बहादुर साउद निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै मोरङ व्यापार संघका अविनाश बोहरा संस्थापक सदस्य समूहतर्फ निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनमा वस्तुगत संघतर्फ कार्यकारी समिति सदस्यको दौडमा २७ जना प्रतिस्पर्धी रहेका थिए । जसमध्य १४ सदस्य निर्वाचत भएका हुन् । वस्तुगत संघतर्फ कार्यकारी सदस्यमा निर्वचित हुनेमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालबाट अञ्जन श्रेष्ठ ७३ मतले निर्वाचित भएका थिए भने क्रमशः नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका सन्दिप कुमार अग्रवाल, नेपाल फ्रेट फर्वाडर एशोसिएशनका प्रकाश सिंह कार्की, नेपाल निर्माण व्यवसायी महासंघका शुकुन्तलाल हिराचन, नेपाल एल.पि. ग्यास उद्योग संघका शिव प्रसाद घिमिरे, नेपाल चलचित्र निर्माता संघका आकाश अधिकारी, कम्प्युटर एशोसिएशन नेपाल महासंघका ई.विनोद ढकाल, नेपाल दाना उद्योग संघका डा.तिलचन्द्र भट्टराई, सौन्दर्यकला व्यवसायी संघ नेपालकी कमला श्रेष्ठ, भन्सार एजेन्ट महासंघ नेपालका जय प्रसाद सिवाकोटी, नेपाल निर्यात परिषदका सुरेन्द्र कुमार श्रेष्ठ, नेपाल चिया उत्पादक संघका हेमराज ढकाल निर्वाचित भएका थिए।

यस्तै फुट वेयर म्यानूफ्याक्चरर्स एशोसिएशन अफ नेपालका रविन कुमार श्रेष्ठ र नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका सुनिल गोपाल श्रेष्ठ भने गोलाप्रथाद्वारा निर्वाचित भएका थिए ।

त्यस्तै एशोसिएट क्षेत्र तर्फ २२ जना उम्मेदवार रहेकोमा १९ जना निर्वाचित भएका थिए। बृहत इनभेष्टमेण्ट प्रा.लीका ओमबहादुर राजभण्डारी सर्वाधिक मतले निर्वाचित भएका थिए भने त्यसपछि क्रमशः हाइड्रो सोलुसन्स प्रा. लिका ज्ञानेन्द्रलाल प्रधान, हनुमान मेटल्स प्रा.लिका अशोक कुमार तोदी, लोमस फर्मास्यूटिकल्स प्रा.लिका प्रवलजंग पाण्डे, नेपाल मेगा कलेज एण्ड रिसर्च सेन्टर प्रा.लिका गोपाल खनाल, भाजूरत्न इन्जिनियरिङ एण्ड सेल्स लिका सौरभ ज्योति, टि.एस.एन प्लाष्टिकेयर ईण्डष्ट्रिज प्रा.लिका भरत राज आचार्य, नेपाल शालिमार सिमेन्ट प्र.लिका विजय सिंह वैद्य, कास ट्रेडिङ हाउस प्रा.लिका मंगेशलाल श्रेष्ठ, प्रोवायोटेक ईण्डष्ट्रिजका प्रा.लि का आनन्द कुमार अग्रवाल बगरिया, जगदम्बा स्टिल प्रा.लिका शाहिल अग्रवाल , निलबाराही फिल्म प्रा.लीका रञ्जितराज आचार्य , नारायण इण्डष्ट्रिज प्रा.लिका सुनिल नारायण श्रेष्ठ, यस इन्टरनेश्नलका अशोक कुमार टेमानी, सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज प्रा.लिका राजेश कुमार अग्रवाल, सफिसियन्ट कार्गो प्रा.लीका राम शरण थपलिया, सयपत्री मेरीगोल्ड ज्वेलर्सका ज्योत्सना श्रेष्ठ, पूर्वाञ्चल ल्यूब आयल प्रा.लिका कृष्ण प्रसाद दुलाल र लुम्बिनी चिनी उद्योग प्रा.लिका मनिष कुमार अग्रवाल निर्वाचित भएका थिए ।

त्यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघ कार्यकारी समिति सदस्यमा नेपाल—थाई उद्योग वाणिज्य संघका एकल उम्मेद्वार अजय मुडभरी निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?